असोज १६, काठमाण्डौ । मधेश केन्द्रीत दलहरुको कार्यगत एकता पछिको पहिलो महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते हुने भएको छ । २०७३ साल बैशाष ७ गते एकिकरण भएको मधेश केन्द्रीत दलका ६ वटा पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष कायम रहनेगरी राष्ट्रिय जनता पार्टी गठन गरिएको थियो । राजपाले महाधिवेशनपछि पार्टीको नेतृत्व एकल अध्यक्षीय प्रणालीमा जानेगरी विधान संशोधन गर्ने भएको छ ।
राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा बुझाएको ६ सदस्यीय अध्यक्ष मण्डलको ब्यवस्था भएको विधानलाई परिवर्तन गरी महाधिवेशनपछि अध्यक्षीय प्रणालीमा जाने भएको छ । मधेशलाई केन्द्र विन्दु बनाएर राजनीतिक गरिरहेको राजपाको अहिले ६ जनाले अध्यक्षमण्डलमा प्रतिनिधीत्व गरिरहेका छन । महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टि, राजेन्द्र महतो अध्यक्ष्ाँ रहेको सदभावना पार्टि, महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टि नेपाल, शरदसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेश समाजवादी दल, अनील झाले नेतृत्व गरेको सदभावना पार्टि नेपाल र राजकिशोर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम मिलेर राजपा बनेको हो ।
अहिले राष्ट्रिय जनता पार्टिको ८१५ सदस्यीय केन्द्रीय समिति छ । रमाइलो पक्ष त के छ भने यो पार्टिका अधिकाँस पदाधिकारीहरुलाई नै अध्यक्ष मण्डलका अध्यक्षले चिन्ने अवस्था छैन । २९ जना त उपमहासचिव छन् । राजनीतिक नगरेका ब्यतिm समेत यो पार्टिको केन्द्रीय पदाधिकारीमा पुगेका छन ।
केन्द्रदेखि जिल्ला तथा बुथसम्म प्रत्येक पदमा अध्यक्ष मण्डलका अध्यक्ष सरह ६–६ जनाले पद बाँडफाड गरेर लिएका छन । पार्टिको यो भद्रगोल अवस्थालाई मिलाउन राजनीतिक समितिले महाधिवेशन गर्ने निर्णय गरेको नेता मनिष सुमनले बताए ।
यी पार्टी पटक पटक सत्तामा पुगेपनि मधेशीको भावना अनुसार चल्न नसकेको आरोप लाग्दै आएको छ । मधेश केन्द्रीत नेताहरुको स्थार्थ, प्रलोभन, आस, त्रास, पैसा तथा सत्ता मोहका कारण नेताहरुले मधेशको मुुद्धालाई ठगी खाने भाडो बनाएको मधेश सम्वन्धि विष्लेसकको भनाइ छ ।
अबको सात महिनापछि वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको राजपाले महाधिवेशन स्थल भने अझै तोकेको छैन । ६ वटा दल मिलेर बनेको यो पार्टीमा अहिले पनि विभिन्न विषयमा विवाद कायमै छ । अब हुने महाधिवेशनले राजपालाई एक ढिक्का बनाउन ठूलै चुनौति देखिएको छ ।




प्रतिक्रिया