असोज १५,
काठमाणडै । चाडपर्वको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाउने गरेका छन् । हरेक वर्ष पर्वका बेला कालोबजारी र मूल्यवृद्धिले निरन्तरता पाउँदै आएको छ । सरकारले अुनगमन पनि गर्ने गरेको छ । तर व्यापारीको लापरबाही नियन्त्रण हुन सकेको छैन । सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक बस्तुहरुमा गरिएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।
सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक बस्तुहरुमा गरिएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यकीय बस्तुमा अस्वभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । दसैंको मुखैमा अतिआवश्यकीय बस्तुहरुको अस्वभाविक मूल्य वृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको हो । बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।
समितिले दसैंको बस टिकटमा कृतिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कार्वाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ । यात्रुहरुलाई सहज ढंगले यात्रा गर्न पाउने गरी दसैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको छ । बैठकमा समितिका सदस्यहरुले व्यवसायीहरुले सरकारलाई समेत झुक्याएर चिनीको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाए ।
समितिका अर्का सदस्य हृदयश त्रिपाठीले चिनीको मूल्य वृद्धि गरेर सरकारले निर्लज्जता प्रस्तुत गरेको स्पष्ट पारे ।
समितिका सदस्यहरुले मूल्य वृद्धि गर्ने तर त्यसको चित्तबुझ्दो जवाफ नदिने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । उपभोक्ता ठग्ने व्यापारी फेला परे पनि तत्कालका लागि कारबाही गरेजस्तो नाटक मात्रै गरिन्छ । त्यस्ता व्यापारीले अर्को एक दुई दिनपछि नै पुनः ठगी धन्धा सुरु गर्छन् । दण्डहिनता मौलाएका कारण सर्वसाधारण जनता मर्कामा परिरहेका छन् । यस सम्बन्धमा नीतिगत सुधार नगरेसम्म विकृतिको अन्त्य हुने देखिदैन ।




प्रतिक्रिया