नोबेल पुरस्कारको मनोनयनमा परेका साहित्यकार नै बलत्कारी !

0
Shares

काठमाडौं १६ असोज । चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी.एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ ।

यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कार भने नदिइने भएको छ । पछिल्लो ७० वर्षमा साहित्य तर्फको नोबेल पुरस्कार नदिने निर्णय भएको यो पहिलो घटना हो । नोबेल एजेम्बलीले भनेको छ, ‘जेम्स एलिसन र त्सुकु होन्जोलाई ऋणात्मक प्रतिरक्षा विनिमयनको अवरोधबाट क्यान्सर थेरापीको खोजका लागि यो पुरस्कार दिने घोषणा गरिएको छ ।’

यी दुवै वैज्ञानिकले क्यान्सरको उपचारका लागि थेरापीको विकास गरेका छन् । जसमा प्रतिरक्षा अवरोधक थेरापी केही क्यान्सर कोशिकाका साथ इम्युन सिस्टमबाट बनेको प्रोटिनलाई निशाना बनाउँछ ।

एलिसन टेक्सास विश्वविद्यालयका प्राध्यापक हुन् भने होन्जो क्योटो विश्वविद्यालयका प्रोफेसर हुन् । उनीहरु दुवैलाई सन् २०१४ मा उनीहरुको अनुसन्धानका लागि अन्य पुरस्कार दिइएको थियो ।

जापानका त्सुकु होन्जोको जन्म सन् १९४२ मा जापानको क्योटोमा भएको हो । उनी सन् १९८४ देखि क्योटो विश्वविद्यालयमा प्राध्यापकका रुपमा रहेका छन् ।

यस्तै अमेरिकी नागरिक एलिसनको जन्म अमेरिकाको टेक्सासमा सन् १९४८ मा भएको हो । उनी युनिभरसिटी अफ टेक्सासको एन्डरसन क्यान्सर सेन्टरमा प्राध्यापक छन् ।

यी दुवै वैज्ञानिकलाई क्यान्सरको स्टेजमा शरीरको इम्युन सिस्टमलाई कमजोर बनाउने पीडी–१ नामक प्रोटिनको खोजका लागि यो पुरस्कार दिइएको हो । उनीहरुले नेगेटिभ इम्युन रेग्युलेशनको माध्यमबाट क्यान्सर रोक्ने तरिका पत्ता लगाएका छन् ।

यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको हो ।

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो । राजधानीबाट