असोज १६, काठमाण्डौ । चाडपवए नजिकिएसँगै मदिरा सेवन र जुवा तास खेल्नेहरु पक्राउ पर्न थालेका छन् ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन् ।




प्रतिक्रिया