काठमाडौं, १७ असोज । सभामुख कृष्ण बहादुर महराले योगका माध्यमबाट भावनात्मक एकता बढेको बताएका छन् । पतञ्जलि योग पिठ नेपालले बुधबार काठमाडौमा आयोजना गरेको योग शिक्षक उत्सव कार्यक्रममा सभामुख महराले योग विज्ञानसँग समेत जोडिएको चर्चा गर्दे योगका कारण भावनात्मक एकता बढेको बताए।
अहिले धेरै नेपालीहरूले योग अभ्यास गर्दे आएको भन्दै उनले मानसिक, शारीरिक, भावनात्मक र मनोभावमा सकारात्मक प्रभाव पार्न मद्धत पुगेको धारणा पनि राखे । नेपालका आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले योग र आयुर्वेदका क्षेत्रमा पुराएको चर्चा गर्दे उनले आफुले आचार्य बालकृष्णको नाममा संस्था चलाउने प्रतिवद्धता जनाए ।

सभामुख महराले योगको माध्यमबाट रोग हटाउन सक्ने र समाजमा सामाजिक सद्भाव तथा एकता कायम गर्न सक्ने धारणा पनि राखे । कार्यक्रममा आचार्य बालकृष्णलाई सम्मान गरिएको थियो भने अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । योग शिक्षक उत्सव कार्यक्रममा योगअभ्यास समेत गराएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया