हाइइप्रोफाइल कमल ज्ञवाली (किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक )भारतबाट पक्राउ


असोज १९, काठमाण्डौ । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।

किन पक्राउ परे ?

साढे ३ वर्षअघिसम्म बैंकिङ क्षेत्रका एक सफल व्यक्ति मानिन्थे कमल ज्ञवाली । कसैले सफल बैंकरको उदाहरण दिनुर्पयो भने उनकै नाम लिन्थे ।

ज्ञवालीको अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो । त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइयो । किष्टलाई उनले सबैभन्दा बढी शाखा (५१ वटा) भएको बैंक बनाए । २८–३० वाणिज्य बैंकको भिडमा टप टेन बैंकको नाम लिँदा त्यसबेला किष्टलाई कसैले पनि छुटाउँदैन थिए ।

तर जब उनको महत्वाकांक्षाले आकास छोयो, तब पतनको बाटो तय भयो ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै देखि ज्ञवाली फरार थिए ।

०७३ असोज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।