प्रधानमन्त्री ओली आफ्नै मन्त्रीहरुसँग रुष्ट, हटाउनलाई थाले छलफल !


काठमाडौं, १९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आफूले नेतृत्वका गरेको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् । अमेरिकाबाट फर्किएलगत्तै अर्का पार्टी अध्यक्ष पुष्पकमलल दाहाल प्रचण्डसँग आज आन्तरिक छलफलमा जुटेका प्रधानमन्त्री ओलीले मन्त्रीहरु हटाउन सकिनेबारे पनि छलफल थालेका हुन् ।

ओलीले आज दिनभरि को मन्त्रीले कस्तो पफर्मेन्स गरिरहेको छ भनेर समिक्षा गरे । केही मन्त्रीहरुले पछिल्लो समय सरकारमा बसेर अचाकल्ली र अराजकता मच्चाएको र उनीहरुकै गलत आचरणका जनताको तहबाट सरकारबारे नकारात्मक टिकाटिप्पणी सुरु भएको ओलीको निश्कर्ष छ । त्यही भएर उनले मन्त्रीको कारण जनतामा प्रवाह भएको गलत सन्देशलाई मध्यनजर गर्दै गलत काम गर्ने मन्त्रीहरुको फेहरिस्त समेत तयार पारे ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली सबैभन्दा बढि यसपटक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग रुष्ट बनेका छन् । आफू नभएको बेला चाडपर्वको मुखमा मन्त्री यादवले विदेशबाट चीन आयातमा प्रबिन्ध लगाएर ठूलो घोटाला गरेको भनेर सांसदहरुले जोडदार कुरा उठाएपछि उनीसँग ओली रुष्ट बनेका हुन् ।

त्यस्तै ओली आफ्नै प्रिय मानिने सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगपनि यो पटक रिसाएका छन् । आजको आन्तरिक बैठकमा उनले बाँस्कोटालाई आफूले हैसियतभन्दा बढि नै ठाउँ दिएको तर काम भने सुको गर्न नसकेको भनेर गुनासो पोखेका थिए । मन्त्री बास्कोटाकै कारण मिडियामा सरकार अलोकप्रिय भएको उनको ठहर समेत थियो ।

मन्त्री बाँस्कोटापछि ओली संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगपनि रिसाएका छन् । पण्डित पनि पछिल्लो समय धेरै बोल्ने तर काम नगर्ने मन्त्रीको रुपमा परिचित भएकोले उनीसँग ओली आक्रोशित छन् ।

बरु, गृहमन्त्री रामबहादुर थापा बादलप्रति ओली सकारात्मक छन् । गृहमन्त्रीको पफर्मेन्स चित्तबुझ्दो रहेको र उनी विवादित नबनेकोमा ओली खुशी छन् । बादलले आफूले भित्री रुपबाटै जनताको सेवामा आफूलार्ई तल्लिन गराएको प्रधानमन्त्रीको बुझाई र विश्वास छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीप्रति प्रधानमन्त्री ओलीको मुल्यांकन पनि खरो रहेको छ । मन्त्री अधिकारीले वाईड बडी जहाज खरिदमा आर्थिक अनियमितता गरेको भन्दै जनताकै तहबाट असन्तुष्टिका आवाजसहित आलोचना भएपछि ओली उनीसँगपनि सन्तुष्ट छैनन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठप्रति बरु प्रधानमन्त्री पोजिटिभ नै छन् । उनले महासेठलाई सुकिला मुकिला मन्त्रीको रुपमा चित्रण गरेका छन । महासेठको कार्यसम्पादनबाट ओली त्यति असन्तुष्ट छैनन । तर, उनले महासेठको पफर्मेन्सबाट पूरापुर चित्त भने बुझाएका छैनन् ।