काठमाडौं २० असोज । झापाको भद्रपुरमा एक यस्ता आरोपित फेला परे जसलाई के कारबाही गर्ने भन्नेमा प्रहरी नै अलमलमा पर्यो।
महिलाका भित्री वस्त्र (ब्रा र पेन्टी) चोरी आरोपमा भद्रपुर–४ मन्त्री चोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। तर, के कारबाही गर्ने भन्नेमा अलमल परेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ। भद्रपुर–६ स्थित भानुनगरका घरमा पसेर बिहीबार राति ब्रा र पेन्टी चोरी भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
यी युवकले भित्री वस्त्र मात्र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगूले जानकारी दिए।
प्रहरीका अनुसार महिलाका भित्री वस्त्र चोरेर सुँघ्ने गरेको बयान दिएका छन्। अन्य सामान चोरी नगरेकाले सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ। उनले बिहीबार साँझ मात्र चार घरबाट भित्र वस्त्र चोरी गरेका थिए। अन्नपूर्णपोष्टबाट




प्रतिक्रिया