काठमाडौं, २० असोज । नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले महिला सांसदहरुको राजिनामा माग गरेकी छिन् । त्यस्तै उनले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाइदिने समेत दाबी गरेकी छन् ।
‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत आज काठमाडौंमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन उनले यस्तो बताएकी हुन् ।
३३ प्रतिशत खाने तर आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै धमलाले महिला सांसदहरुविरुद्ध आक्रोश पोखिन् । उनले भनिन्, ‘कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् ।’ धमलाले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाइन् ।




प्रतिक्रिया