असोज २०, काठमाण्डौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणमा केन्द्रित हुनु परेकाले अरु कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकिएको स्विकार गरेका छन् ।
काठमाडौँमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै पोखरेलले संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए ।
उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने बिश्वास व्यक्त गरे । नीति, विधि र संरचनामा देखिएका समस्या समाधान गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो । त्यस्तै पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको धारणा राखे ।
कार्यक्रममा नागरिक अगुवाले ढल, खानेपानी, सडक कालोपत्रेलगायत विकास निर्माणका क्रममा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए ।




प्रतिक्रिया