‘अनुराग’ हेरेपछि आईजीपी खनाल दंग, सबैलाई हेर्न आग्रह


काठमाडौं, २० असोज । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हेर्न सबैलाई आग्रह गरेका छन् ।

शनिबार साँझ कमलपोखरीस्थित् सिटी सेन्टरमा रहेको बिग मुभिजमा पुगेर आईजीपी खनालले उक्त चलचित्र हेरेका हुन् । खनालले चलचित्र धेरै राम्रो बनेको प्रतिक्रिया दिँदै एकपटक हेर्न सबैलाई आग्रह गरेका हुन् ।

फरक प्रसँगमा उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई चाँडोभन्दा चाँडो पक्ता लगाएर कानुनी कारबाही गर्ने समेत विश्वास दिलाए ।