प्रदेश सभाबाट दोहोरो सुविधा दिँदै नेकपा

0
Shares

काठमाडौं २३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेता र सचेतकको नाममा प्रदेश २ को सभाबाट दोहोरो सुविधा लिँदै आएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा भएको झन्डै ९ महिना बित्दा पनि प्रदेश सभालाई जानकारी गराइएको छैन ।

पार्टी एकीकरण गरेर नेकपाले प्रदेश इन्चार्जदेखि सचिवसम्म तोकिसकेको छ । तर, प्रदेश सभालाई भने जानकारी गराएको छैन । पार्टी एकताबारे प्रदेश सभामा औपचारिक जानकारी नआएको सभामुख सरोजकुमार यादवले बताए । नयाँपत्रिकाबाट