काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकार विरुद्ध काठमाडौंमा ‘कालो’मार्चपास गरेको छ ।
नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी करवृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयक लगायतका विरुद्ध ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीका नेताहरुले बताए ।

यो मार्चपासको नेतृत्व पार्टीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गरे । रत्नपार्कस्थित शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको हो । मार्चपासपछि भएको कोण सभामा वक्ताहरुले वर्तमान सरकार हत्या हिंसाका घटनाको चाङमाथि सुतिरहेको र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई लत्याएको आरोप लगाए ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया