मन्त्री महासेठले भने : दसैंमा टिकट नपाए यातायात विभाग आउनुस्

0
Shares

काठमाडौं, २४ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बुधबारदेखि सुरु भएको नेपालीको दशैंलाई लक्षित गर्दै सबै नेपालीले दशैँमा घर जान टिकट सहजै पाउने बताएका छन्।

बुधबार रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै महासेठले टिकट नपाए यातायात विभागबाट जनतालाई जसरी पनि टिकट उपलब्ध गराउने बताएका हुन्।

यसपालि कम्युनिष्ट सरकारले यातायात व्यवस्थापन प्रणालीमा गतवर्षहरुमा भन्दा सहज वातावरण बनाएको भन्दै मन्त्री महासेठले यस्तो धारणा व्यक्त गरेका हुन्।

मन्त्रीले यातायात प्रणालीलाई व्यवथित बनाउन यस वर्ष उपत्यका बाहिर जाने आवश्यक बसको व्यवस्था गरिसकेको र सबै ठाउँको भाडादरको निर्धारण गरी लिस्टलाई पारदर्शी बनाएको, १३ वटा हेल्पडेस्क निर्माण गरेको लगायत अनुगमन टोली खटाएर यातायात व्यवस्थालाई चुुस्त बनाएको बताए।

८ महिनाको अवधिमा थुप्रै प्रगति र ऐतिहासिक काम गरेको भन्दै उनले यसपालि कलंकी नागढुंगा लगाएत नारायणघाट मुग्लीन सडकमा कुनै एउटा बस बिग्रिए पनि घण्टौँसम्म हुने जामलाई व्यवस्थित गर्न सरकारले क्रेन तथा लोडरको व्यवस्था समेत गरेको बताए। उनले भने, ‘अब कलंकी नागढुंगा र नारायणघाट मुग्लीन सडकमा पहिले जस्तो जाम हुँदैन।’