दशैँमा चोरी बढ्यो, यसरी जोगिनुस चोरी हुनबाट


असोज २६, काठमाण्डौ । हिन्दुहरुको महान चार्ड दशैँ तिहार नजिकिए संगै उपत्यकामा चोरीका घटना बढ्न थालेको छ । चोरी बढ्न थालेपछि नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

चाडपर्व नजिकिए सँगै काठमाडौ उपत्यकामा चोरीको घटना बढ्न थालेको छ । नेपालमा रोजगारीको अवसर कम हुने हुँदा आर्थिक कमजेरका कारण पनि चोरीका घटनामा बृद्धि आएको हो । चार्डवाड लक्षित उपत्यमा चोरी नियन्त्रण सुरक्षा योजना अनतर्गत चौविसै घण्टा प्रहरीले निगरानी बढाएको छ ।

महानगरिय प्रहरी परिसरले अन्य प्रहरी वृत्तसंग समन्वय गरि चाडपर्व लक्षित उपत्यका चोरी नियन्त्रण सुरक्षा योजना सञ्चालन गरेकको छ । प्रहरीले चाडपर्व नजिकिदै गर्दा रातको समयमा मात्र हैन दिउसोको समयमा समेत चोरीका घटनाहरुमा अत्याधिक वृद्धि भएको उल्लेख गर्दै आम नागरिकलाई सतर्कता अपनाउन सुझाब दिएको छ ।

धेरै गरगहना नलगाउने, लगाएपनि होसियारी अपनाउने, नगद बोकेको बेलामा होसियारी अपनाउने, बैक तथा वित्तिय संस्थाबाट रकम झिक्दा पनि सुरक्षित तरिकाले राखेर मात्र निस्कने तथा चोरी लुटपाट भैहालेमा तत्काल प्रहरिलाई खवर गर्न पनि आग्रह गरिएको छ ।

प्रहरीका अनुसार सार्वजनीय यातायात र भिडभाडमा पकेटमारिको घटना धेरै भएको छ भने दिउसोको समयमा बन्द रहेको घरहरुमा कोहि नभएको मौका छोपि ताल्चा फोडेर चोरी हुने गरेको पाइएको छ । रातको समयमा विशेष गरि सहकारी तथा वित्तिय संस्थाहरुमा चोरी हुने गरेको पाइएको छ । सार्वजनीक यातायातमा यात्रा गर्दा तथा भिडभाडमा यात्रा गर्दा विशेष सजकता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ । चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसरले सुरक्षा योजनालाई कडाई गरेको छ ।