खसी,बोका र च्याङ्ग्रा मेलामा जे देखियो–फोटोफिचर

0
Shares

२६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले आजबाट दशैंका लागि भनेर खसी बोका र च्याङ्ग्राको बिक्री मेला ाजधानीमा सुरु गरेको छ ।संस्थानले यस वर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ बिक्रि मूल्य तोकेको जनाएको छ ।

जसमा संस्थानले १० रुपैयाँ छुट पनि दिईरहेकोे संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी गराएका छन । उनका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका काठमाडौँ ल्याइएको छ ।शनिवारसम्म थप पाँच सय च्याङ्ग्रा र २ सय ५० खसीबोका आउने कार्यक्रम रहेको उनले जानकारी गराए ।

संस्थानले खसी बोका हेटौंडाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याएको जनाएको छ ।बजारको भन्दा मेलामा खरिद मुल्य कम पर्ने भएको कारण संस्थानको थापाथलीस्थित कार्यालय परिसरमा भेडा खसि किन्नेको भिड लागेको थियो ।

फोटोः मुकुन्द कालीकोटे