नुवाकोट बस दुर्घटनाका घाईते काठमाडौँ ल्याइयो–फोटोफिचर

0
Shares

असोज २६,काठमाण्डौँ । नुवाकोटमा भएको यात्रुबाहक बस दुर्घटनाका घाईतेहरुलाई एम्बुलेन्सबाट काठमाडौँ ल्याईएको छ ।जिल्लाको समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा एक वृद्ध र एक महिलाको घटनास्थलमैमृत्यु भएपनि अझैसम्म मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं ल्याइँएको जनाईएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको सो बस तीब्रगतिका कारण दुर्घटनामा परि सडकबाट करिब १ सय मिटर तल खसेको थियो। घाईतेहरुको राजधानीस्थित ग्रिनसिटी अस्पतालमा उपचार शुरु भएको छ ।घाईतेहरुको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।फोटोः मुकुन्द कालीकोटे