काठमाडौं, २६ असोज । धादिङको थाक्रे गाउँपालिका-१० मानेडाँडामा शुक्रबार साँझ बा ५ प २४१८ नम्बरको टिपर पल्टिदाँ तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा दुई जनाको घटनास्थलमा र एकको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा थाक्रे-१० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेको छन्।




प्रतिक्रिया