असोज २७, काठमाण्डौ । सवारी दुर्घटनामा नेपालमा हरेक वर्ष दुई हजार बढी मानिसको मृत्यु हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।
पछिल्लो तथ्याङ्क बमोजिम सवारी दुर्घटनामा प्रत्येक दिन औषत ७ जनाको मृत्यु हुने गरेको छ भने ३१ जना घाइते हुन्छन् । यो संख्या घढ्नुको साटो बढ्दै गएको छ ।
दशैँका बेला झन दुर्घटना बढि हुने गरेको छ । सवारी साधन र यात्रुको चाप बढि हुने यो समयमा दुर्घटना पनि बढ्ने गरेको छ । अर्कोतिर यात्रु ठगिने र दुःख पाउने क्रम पनि रोकिएको छैन ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले यातायात व्यवसायीमा पैसा कमाउने लालसा बढेकाले दुर्घटना बढेको तर्क गरे ।
एउटै चालकलाई धेरै समय गाडी चलाउन लगाउने, चालकले तीब्र गतिमा सवारी चलाउने क्षमताभन्दा बढि यात्रु बोक्ने गरेकाले दुर्घटना बढेको पन्तको जिकिर छ ।
त्यसैगरी सवारी साधन चलाउँदा फोन प्रयोग गर्ने गरेकाले पनि दुर्घटना हुने गरेको पन्तको तर्क छ ।
कूल दुर्घटनाको ८४ प्रतिशत मानवीय कारण रहेको पन्तले जानकारी दिए ।
पन्तले दशैँका बेला यात्रु ठगिनुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् । काठमाण्डौ उपत्यकामा १४ वटा हेल्प डेस्क राखिएको जानकारी दिदै उनले यात्रुलाई समस्या परेको गुनासो आउनासाथ सम्बोधन गरिएको दावी गरे ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पन्तले यात्रु ठग्नका लागि कसैले दलाली गरेको पाइए कारबाही गर्ने पन्तले बताए ।




प्रतिक्रिया