कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन

0
Shares

काठमाडौं २८ असोज । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राती ९ः२० मा ७४ बर्षको उमेरमा निधन भएको छ । विगत ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेको बास्तोलाको आफ्नै निवासमा निधन भएको थियो । बाँस्तोलाको ललितपुर खुमलटारस्थित निवासमै गएराति निधन भएको हो ।

असहज महसुस गरेपछि उनलाई शनिबार दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर अस्पतालले थप उपचार असम्भव रहेको भन्दै डिस्चार्ज गरेपछि उनलाई निवासमै लगिएको थियो ।