काठमाडौं २८ असोज । नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ। ७९ वर्षीय ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीलाई माइल्ड अट्याक भएको जनाएका छन् ।
ज्ञवाली नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुन्। यो मिडियाले नागरिक दैनिक र माइ रिपब्लिका अंग्रेजी दैनिक प्रकाशित गरिरहेको छ । त्यसैगरी उनी कान्तिपुर पब्लिकेसन्सका पनि पूर्वअध्यक्ष थिए। ज्ञवाली लामो समय सरकारी सेवामा रहेर सक्रिय थिए । उनले नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्ययन पनि गरेका थिए ।
नेपालमा निजी क्षेत्रको पत्रकारिताको विकासमा उनको विशेष योगदान रहेको थियो। ज्ञवालीलार्इ नेपालको निजी क्षेत्रको पत्रकारितालार्इ व्यवसायिक बनाएको श्रेय पनि जान्छ । ज्ञवालीको जन्म वि.स. १९९५ चैतमा गुल्मीमा भएको थियो । उनका श्रीमती र तीन छोरा रहेका छन्।




प्रतिक्रिया