काठमाडौं, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन्। शाह भारतमा आध्यात्मिक सिद्धी प्राप्त मानिएका स्वामी राहुलेश्वरानंदद्धारा आयोजित लक्षचण्डी होममा सामेल भई आज स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलबाट मंगलबार बाहिरिदा उनले केवल सम्पूर्ण देशवासीमा विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।
शारदीय नवरात्रका अवसरमा मुम्बईमा आयोजित उक्त होममा पूर्व राजा शाह पञ्चमीका दिन अर्थात २८ गते पत्नी कोमल, बुहारी हिमानी र उनका छोरा हृदयेन्द्र सहित सहभागि भएका थिए।




प्रतिक्रिया