काठमाण्डौमा दशैँ लाग्यो, चहलपहल छैन(भिडियोसहित)


काठमाण्डौ । बडादसैंको फुलपातीका दिन काठमाडौंका मुख्यबजार र सडकमा सर्वसाधारणको पहलपहल निकै घटेको छ ।

फुलपातीकै दिनबाट दशैंको विदा सुरु हुने भएकाले पनि काठमाडौंका मुख्यबजार र सडकमा सर्वसाधारणको पहलपहल निकै घटेको हो । त्यस्तै दसैं मनाउन काठमाडौंबाट सर्वसाधारणहरु आ–आफ्ना घर गएको र बजार, कार्यालय पनि प्रायः बन्द रहेकाले पहलपहल घटेको छ ।

सडकमा छोटो दूरीका भाडाका सवारी–साधन न्युन सञ्चालनमा छन् भने निजी सवारी–साधन पनि कम चलेका छन् । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट दसैं मनाउन २४ लाख यात्रु बाहिरिएका छन् । काठमाडौंका ५ वटा नाकाबाट देशका पूर्वी, मध्ये र पश्चिमी क्षेत्रमा जाने यात्रु दैनिक ठूलो संख्यामा बाहिरिँदै आएका छन् । गत वर्ष दसैं मनाउन उपत्यकाबाट २५ लाख यात्रु बाहिरीएका थिए भने यसवर्ष पनि २५ लाखकै हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने ट्राफिक महाशाखाको अनुमान छ ।