खसी, बोका र च्यांग्रा सकिएपछि महँगोमा किन्न बाध्य


काठमाडौं, ३० असोज । नेपाल खाद्य संस्थानमा बिक्रिबितरणका लागी ल्याईएका खसीबोका र च्यांग्रा सकिएपछि अन्य स्थानमा उपभोक्ताहरु अन्य स्थानबाट महङ्गोमा खसीबोका र च्यांग्रा किन्न बाध्य भएका छन् ।

बडादसैंमा एक हजार खसीबोका ल्याउने घोषणा गरेको संस्थानले ३ सय ७ ओटामात्रै खसीबोका ल्याएको थियो भने एक हजारओटा च्यांग्रा ल्याएको भनेको संस्थानले ९ सय २५ भित्राई बिक्रिवितरण गरेको थियो ।

अन्य स्थानमा भन्दा सस्तो पाउने भएकाले उपभोक्ताहरुले संस्थानमा गई खसीबोका र च्यांग्रा खरिद गर्दे आएका थिए ।

संस्थानले खसीबोका प्रतिकिलो ५ सय र च्यांग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री गरेको थियो । उपभोक्ताहरुले भने संस्थानको तुलनामा अन्य स्थानमा खसीबोका र च्यांग्राको मुल्य केहि महङ्गो भएको गुनासो गरेका छन् ।

नेपालमा हरेक वर्ष ८० प्रतिशत खसी–बोकाहरू भारतबाट भित्र्याइने गरिएको छ भने २० प्रतिशत मात्रै नेपालको खपत हुने गरेको छ । चाडपर्वको बेला उपत्यकामा करिब एक लाख खसी–बोका र भेडा–च्यांग्राहरू माग हुने गरेको छ ।