प्रधानमन्त्री ओलीद्वारा जिल्लावासीलाई दशैंको शुभकामना

0
Shares

झापा, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लावासीलाई शुभकामना दिएका छन् । शुभकामना आदान प्रदान गर्न १ दिनको लागि झापा आएका प्रधानमन्त्री ओलीले जिल्लावासीलाई दशैंको शुभकामना दिएका हुन् ।

 

त्यस्तै, उनले बिहीबार झापा जिल्ला रेडक्रस सोसाइटीको स्वर्ण महोत्सव स्मारिका विमोचन गरेका छन् । विमोचन कार्यक्रममा बोल्दै ओलीले झापा जिल्ला रेडक्रसले ५० वर्षमा ठूलो योगदान गरेको उल्लेख गरेका छन् ।