काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गरेन भन्दै षड्यन्त्र गर्नेको ओथाराे काम नलाग्ने दाबी गरेका छन्।
ओलीले चानचुने षड्यन्त्रले कुनै हालतमा सरकार नढल्ने बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
ओलीले भने, ‘सरकारले नागरिकको नाकमा कालो दल्ने काम कहिल्यै गर्दैन।’ ओलीले नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएकाले षड्यन्त्रकारी आफैं पराजित हुने दाबीसमेत गरेका छन्।
उनले भने,‘नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएको छ, षड्यन्त्र गर्ने आफैं पराजित जान्छन्, नागरिकले दुःख नमाने हुन्छ।’




प्रतिक्रिया