हिमालय एयरलाइन्सले  चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने

0
Shares

काठमाडौं, २ कात्तिक । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले  चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ ।  चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले  चीनको हवाई बजारमा प्रवेश गरेको छ ।

सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।

२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ : ०५ मा अवतरण गरेको थियो ।