काठमाडौं, २ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले जनता कांग्रेस र राजपासँग खुशी नरहेको आरोप लगाएका छन् ।
शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,”जनता खुशी नहुनुमा मुख्य कुरा मैले के पाएको छु भने अरु पार्टी गतिला छैनन् । कांग्रेस र राजपा गतिला छैनन भन्ने जनताको गुनासो पाएँ ।”
प्रधानमन्त्री केपी शर्मा ओली सफल हुने उनको दाबी छ । उनले भने,”केपी शर्मा ओली र पार्टी सबै जोडिएको विषय हो । उहाँ प्रम हो । उहाँ हाम्रो पार्टीको अध्यक्ष हो । संसदीय दलको नेता हो । उहाँलाई सबैको साथ रह्यो भने जस्तोसुकै चूनौति आएपनि हल गर्न सकिन्छ । उहाँले गर्नुहुन्छ ।”
भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियार अनुशन्धान आयोग सक्रिया हुनुपर्ने उनको भनाई छ । उनले भने,”जुन जुन निकायले आफ्नो काम पूरा गर्न सकेको छैन भने सक्रियताको साथ लाग्नुपर्छ । हामीले पनि घट्नाक्रमहरु, विवरणहरु र तथ्यहरु दिन सक्नुपर्छ । उहाँले पनि हामीसँग यी विषयमा सहयोग लिन सकिन्छ । अनुगमन तथा परिवेक्षण गर्न सहयोग लिन सकिन्छ ।”
प्रधानमन्त्री ओलीले आफूसँगको भेटवार्तामा अब देश विकासको लागि कुनै सम्झौता गर्न नसकिने विश्वास दिलाएको पनि उनले जानकारी दिए ।
देश डुब्दैछ भनेर संसदमा बोल्नुुभयो नि ? भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”मान्छेहरुले पनि त्यही भन्नुभएको छ । तर, प्रमले पनि देश डुब्दैन भन्नुभयो । यसले आशा सञ्चार गरेको छ । मैले त जनताको आवाज बोलेको हुँ ।”




प्रतिक्रिया