उच्च स्तरीय राजनीतिक वार्तामा समिति सक्रिय

0
Shares

काठमाडौं ३ कार्तिक ।  सरकारले गठन गरेको ‘उच्च स्तरीय राजनीतिक वार्ता समिति सक्रिय रहेको छ । समितिले अहिलेसम्म १६ वटा असन्तुष्ट र द्वन्द्वरत समूहसँग वार्ता गरेको छ । उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले बाँकी समुहसँग दशै लगत्तै वार्ता गर्ने जानकारी दिनुभयो । २६ वटा समुहसँग वार्ता गर्ने तयारी छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, सीके राउत समूहसँग भने वार्ता नै हुन सकेको छैन । स्वतन्त्र मधेशको अभियान चलाएका सीके राउतसँग भने वार्ता गर्ने की नगर्ने टुङ्गो लगाइएको छैन । अहिलेसम्म वार्ता भएका केही समुहले सयुक्त राष्ट्रसंघका प्रतिनीधि हुनुपर्ने माग गरेका छन् । गत भदौं ८ गते बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रतिनिधि सभाका सांसद पाण्डेयको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो ।