कात्तिक ३, काठमाण्डौ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफू मेयर भएपछि करिब १५ महिनाको अवधिमा धेरै काम गरिसकेको दावी गरेकी छिन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले जनताको चाहना सडक पूर्वाधार विकासको रहेकोले आफूले पनि यसलाई नै प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।
जनताले गाउँगाउँमा सडक लैजानुपर्ने माग गरेको जानकारी दिदै दाहालले विकास निर्माणका काम नै अहिलेको प्राथमिकता रहेको बताइन् ।
विभिन्न जटिलताकाबीचमा पनि जनताको पक्षमा काम गर्न आफू प्रतिवद्धव रहेको उनले बताइन् । काम गर्ने सिलसिलामा अहिलेसम्म सबै पक्षको साथ र सहयोग पाएको दाहालले बताइन् ।
महानगरभित्र रहेका सडक छेउका पसललाई अहिले एकीकृत गरिएको उनले जानकारी दिइन् । भरतपुर महानगरभित्र अहिले कतै पनि फुटपाथ व्यापार नरहेको दाहालको दावी छ ।
त्यसैगरी बजार क्षेत्रमा पार्किङको पनि व्यवस्थापन गरिएको उनले बताइन् ।
फरक प्रसंगमा उनले आफू देशको प्रधानमन्त्रीका लागिसमेत योग्य रहेको दावी गरिन् । मेयरका लागि पुरुषसँग प्रतिस्पर्धा गर्दा सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा प्रतिस्पर्धा गरेर नै प्रधानमन्त्री बन्न सक्ने जिकिर गरिन् ।
“प्रधानमन्त्री बन्न नसक्ने कारण के छ र ? जनताको मन र विश्वास जित्न सकियो भने प्रधानमन्त्री बन्न सकिन्छ । चाहना राखेर मात्रै हुँदैन । कुनै दिन नेपालमा महिला प्रधानमन्त्री बन्नेछन् ।” दाहालले भनिन् ।




प्रतिक्रिया