कात्तिक ४, काठमाण्डौ । प्रहरीले नक्कली नेपाली नोटको कारखाना नै फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति ललितपुरको मच्छेगाँउमा कोठा लिएर नक्कली नोटको कारखाना नै चलाउँदै आएका ५ जनालाई पक्राउ गरेको हो ।
https://www.youtube.com/watch?v=uo6TqYtunnM
प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ ।
प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट समेत बरामद गरेको छ । शुक्रवार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रवार पक्राउ गरेको थियो ।
उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।




प्रतिक्रिया