कात्तिक ५, काठमाण्डौ । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले केपी ओली नेतृत्वको सरकारको ८ महिने अवधिमा अपेक्षा गरेजस्तो काम देख्न नपाइएको बताएका छन् ।
दुई तिहाई बहुमतको सरकार भएकाले प्राविधिक रुपमा बलियो भए पनि व्यवहारिक रुपमा निकै कमजोर देखिएको लाहोनीले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले भ्रष्टाचारको अन्त्य र शान्ति सुरक्षा कामय राख्ने कुरामा सरकार चुकेको जिकिर गरे ।
निर्मला पन्त प्रकरणले सरकार शान्ति सुरक्षामा असंवेदनशील भएको पुष्टी भएको तर्क गरे । कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई घटना भएको यति लामोसमयपछि बर्खास्ती गरेर सरकारले उक्त घटना फासफुस पार्न खोजेको उनको आरोप छ ।
सरकारले आर्थिक विकासको वातावरण खडा गर्नुपर्नेमा त्यसो गर्न नसक्दा जनता निराश भएको लोहोनीले दावी गरे ।
प्रधानमन्त्री ओलीले आफ्नै वरिपरी रहेका स्वार्थकेन्द्रित समुहको जालो तोड्न नसकेको उनको आरोप छ ।




प्रतिक्रिया