सरकार गम्भीर बन्नुपर्नेः निधि

0
Shares

काठमाडौँ, ५ कात्तिक । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिएको जानकारी गराईएको छ ।

उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ” रासस