कात्तिक ५, काठमाण्डौ । दशैंको फूलपातीदेखि यता विभिन्न जिल्लामा भएका सवारी दुर्घटनाहरुमा ३१ जनाको मृत्यु भएको छ । गत असोज ३० गते फूलपातीदेखि कात्तिक ४ गते आइतबारसम्म दुई दर्जन भन्दा बढी सवारी दुर्घटना भएका छन् । दुर्घटनाहरुमा तीन दर्जन बढीको ज्यान गएको छ ।
कात्तिक २ गते दशैंको टीकाको दिन आधा दर्जन बढीको ज्यान गयो । रामेछाप नगरपालिका–२ को खरानेटार भीरमा शनिबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो ।
सोही दिन पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा दुर्घटना हुँदा एक जनाको निधन भयो । घटस्थापना देखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा अशोज २४ गते घटस्थापना देखि कात्तिक ५ गते सोमबार बिहान सम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाईते भएका छन् । यो बर्षको दशैमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ बर्ष यता कै सबै भन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ बर्ष यता कै धेरै २ सय ७२ वटा भएका छन् । गत बर्ष दशैको समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी २०७३ ÷७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै यस बर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।
यसैगरी ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारवाही गरेको छ । बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दुरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारवाही गरेको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले दशै तिहार तथा छट पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति परिचालन गरेको छ । दशैंको फूलपातीदेखि यता विभिन्न जिल्लामा भएका सवारी दुर्घटनाहरुमा ३१ जनाको मृत्यु भएको छ । गत असोज ३० गते फूलपातीदेखि कात्तिक ४ गते आइतबारसम्म दुई दर्जन भन्दा बढी सवारी दुर्घटना भएका छन् । दुर्घटनाहरुमा तीन दर्जन बढीको ज्यान गएको छ ।




प्रतिक्रिया