कात्तिक ५, काठमाण्डौ । नेपाल जस्तो गणतान्त्रीक राज्यमा देशकै प्रमुख कार्यकारी प्रधानमन्त्री केपी ओली आफ्नो कामकाज छाडेर दशैंको टिका थाप्न छन् । हिन्दुहरुको महान चाड दशैँको महत्व धेरै छ ।
तर कम्युनिष्ट सरकारका प्रधानमन्त्रीले ५ दिनसम्म सरकारी निवास वालुवाटारमा टीका लगाउने कार्यक्रम राखेपछि कतिपयले आलोचना गरेका छन् ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको बषौं भइसेको छ । तर व्यवहारिक रुपमा अझै हिन्दु राष्ट्र जस्तै छ । जनताले आफ्नो धर्म, संस्कृति परम्पराअनुसार कुनै पर्वलाई महत्व दिनु सामान्य हो । सरकारले नै हिन्दुहरुको चाड दशैँलाई बढि नै महत्व दिएको भन्दै आलोचना सुरु भएको छ । विजयादशमीको दिन कात्तिक २ गतेदेखि टीका लगाउने कार्यक्रम सुरु गरेका प्रधानमन्त्री केपी ओलीले यसलाई अझै पनि निरन्तरता दिइरहेका छन् ।
नेपाल गणतान्त्रीक राज्य हुनु भन्दा पहिले हिन्दु राजाहरुले मात्र आम जनमानसलाई टिका लगाई दिने परम्परा थियो । अहिले झन हँुदा हुदै देशकै प्रमुख कार्यकारी त्यस्तो बाटोमा लागेका छन् । सर्वसधारणलाई टिका लगाउँनैका लागि प्रधानमन्त्री ओलीले पाँच दिनको समय लिनुलाई अस्वभाविक मानिएको छ ।
प्रधानमन्त्री ओलीले टीकाको चौँथो दिन सोमबार पनि सर्वसाधारण तथा पार्टी कार्यकर्तालाई दशैंको टीका लगाइदिएका छन । टीकाको लागि बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका सर्वसाधारण र पार्टीका कार्यकर्तालाई प्रधानमन्त्री ओलीले टीका र जमरा लगाइदिएका हुन । टीका लगाउने सर्वसाधरण तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
सरकारले एकादशी सम्म मात्रै दशै विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले भने चतुर्थी सम्म प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम राखेको छ । प्रधानमन्त्री ओलीले बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक टीका र जमरा लगाइरहेका छन ।
यसअघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् । यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशी सम्म सर्वसाधरणलाई टीका लगाउन थालेपछि यसको समर्थन र बिरोध दुवैमा सामाजिक संजाल पनि बहस भैरहेको छ ।




प्रतिक्रिया