काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो ७ महिनाको अवधिमा पूर्ण सफल भएको दाबी गरेका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनमा प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै उनले यस्तो बताएका हुन । पाण्डेले वर्तमान प्रधानमन्त्री ओली माधव नेपालभन्दापनि सफल रहेको दाबी गरे ।
आफू पनि पार्टीको जिम्मेवार नेता भएको सुनाउँदै उनले अहिलेसम्म मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे कुने जानकारी नभएको समेत जिकिर गरे ।
समृद्ध नेपाल र सुखी नेपाली वर्तमान सरकारको संकल्प रहेको बताउँदै यसलाई प्रधानमन्त्री ओलीले पूरा गरेरै छाड्ने उनको विश्वास छ।




प्रतिक्रिया