ओलीका उख्खानको न त हर्ष, न त अर्थः भरत शाही

0
Shares

काठमाडौं । नेपाल यस्तो देश हो सकभर प्रत्येक दिन, नभए दिन बिराएर अनेकन हल्ला हुन्छन । सामाजिक सञ्जालमा रोईलो पोखिन्छ । कतिलाई यस सामाजिक सञ्जालले बनाएको छ । कतिको हैसियको तुसारा पात गरिदिएको छ ।

पहिलो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्धीका बेला एलपी ग्याँसको पाईप चुल्होमा पुर्याउने सपना देखाएर चर्चामा आए । जति चर्चामा आए त्यो भन्दा ओलीको आलोचना भयो ।

उनी दोस्रो पटक प्रधानमन्त्री बनपछि गोबर ग्याँसको पाईप जडान गरेका ओलीका कार्यकर्ताले चुल्होमा ग्याँस पुग्यो भन्दै उनको झुटको बचाउ गरे । चुनावी घोषणा पत्र र त्यसभन्दा पहिले ओलीले भनेको ग्याँस पाईप गोबर ग्याँसको थिएन ।

त्यसैले पनि उक्त झुटको बिरोध भयो । हिजो मात्रै उनले एलपी ग्याँसको जमना सकिएको भन्दै चुल्होमा विजुलीको तार पुग्ने र विजुलीबाट खाना पकाउने सपना बाँढे । यसलाई पनि सामाजिक हंगामा बनाईएको छ ।

दशैको बेलामा राष्ट्रपतिले उच्च पदस्थ,आफ्न्त र सर्वसाधारणलाई विभेदकारी रुपमा टिका लगाएको भन्दै खुब चर्चा र आलोचना भयो । घुडा टेकेर टिका लगाउँदासम्म पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुनै असहज महसुस नगरेको भन्दै आलोचना भएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले देव्रे हातले जमरा थमाएको भन्दै आलोचना भएको छ । नेपाली हिन्दु परम्परा अनुसार सारिरिक रुपमा स्वस्थ र सपाङगताले देव्रे हातको प्रयोगलाई शूभ मानिदैन ।

जमेरे आलोचना पछि प्रधानमन्त्रीले हिजोमात्रै उद्घाटन गरेको विद्युतीय बसको चर्चा चलेको छ । जमरे आलोचनाको राप बाँकि हुँदै विद्युय बसको हल्लाले सामाजिक सञ्जाल रंगिएको छ । ०३२ सालमा ट्रलि बसलाई बन्द गराएको राजनीतिक माहोलले ०७५ सालमा केही धनी व्यक्तिर संस्थाको लगानीमा सञ्चालनमा ल्याएको बस सेवाको आयू कति रहन्छ त्यो भने हेर्न बाँकि छ ।

यसै विषयका बारेमा भरत शाहीले आफ्नो फेशबुकमा लेखेका छन्,‘२०७५ कार्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चाईनाको कम्पनी बिवाईडीले उत्पादन गरेको २० सिट र ३५ जना उभिएर यात्रा गर्न सकिने विद्युतीय बस साझा यातायातले एसियाली बिकास बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याउन लागेको बसको उद्धघाटन गर्दै भनेका छन् ।

अबका १२ बर्षपछि नेपालमा ग्यास,डिजल बिस्थापित गर्ने र सबैको घरमा बिजुलीबाट खाना र बिजुलीबाट गाडिमोटर चलाउने र डिजल पेट्रोलबाट उत्पन्न प्रदुषण मुक्त नेपाल बनाउँने भनेर भाषण गर्दै थिए । प्रधानमन्त्री जस्तो मानिसको यो भाषण सुनेर यथार्थ र बास्तविक्ताका आधामा बोल्ने लेख्ने र बुझ्ने योजना बनाउने मानिस त हासे नै होलान ।

कागले कान चुड्यो भनेर भन्दा कान नछामि कागतिर दौडने मानिस त खुसि र मख्ख भए होलान तर प्रधानमन्त्रीले बोलेका कुरा पूरा गर्न बिजुली प्रसस्तै नेपालमा उत्पादन गर्नु पर्छहोला नी हैन र ? जनताको घरमा बल्ब बाल्न त बिजुली छैन । जुन बल्ब बलेको छ त्यो पनि भारतबाट भिख मागेर महंगो दरमा ल्याइएको बिजुली भारतले बन्द गरे नेपाल अन्धकार हुने अवस्था छ भने यति धेरै मात्राको बिजुली १० र २० मेगावाटका बर्खे यामको पानिमा निर्माण भएका आयोजनाबाट सम्भब छ ।

ठुला रिजर्बवायर परियोजना बिना माथिउल्लेख गरिएका ब्यबस्थाको लागि माथिल्लो कर्णाली जस्तो सस्तो सुलव र स्वदेशि लगानिमा बन्न सक्ने परियोजना बिना सम्भब छ ।

यस्ता केटाकेटीलाई खुसिबनाउन उखान टुक्का हालेर केटाकेटी हसाउने जस्तो होर ? माथिल्लो कर्णाली जस्तो यो देशको बिकासको मेरूडण्ड बन्ने बहुआयामिक पानि बेच्न सकिने, माछा बेचन सकिने सामान ढुवानी गर्न सकिने पर्यटकको उत्कृष्ट जलयात्रा बनाउन सकिने र सिंचाई गर्न सकिने नेपालको ५०७ किलोमिटर भु–भागमा बगेको कर्णालीले आफु हिडेको पुरै भुगलमा सुन्, समृद्धि, स्वाभिमान, स्वाधिनता र आत्मा सम्मानको महक छर्दै सगरमाथाझै चुलिएको यो ४१८० मेगावाटको परियोजनालाई नबुझेका केपी ओलीका कलात्मक उखाने वतव्यबाजिको के को हर्ष,के अर्थ र केको बिश्वास ।’