काठमाडौं, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला छ दशक पुगेका छन् । डा कोइरालाको अक्टोबर २४ तारिख सन् १९५८ मा जन्म भएको थियो ।
विपी कोइरालाका पुत्र शशांकले नेपाली काँग्रेसभित्र गुट उपगुट अन्त्य गर्न जोड दिँदै आएका छन् । उनले काँग्रेसलाई एक बनाउन जस्तोसुकै कदम चाल्न र त्याग गर्न तयार रहेको बताएका छन् । महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व पुग्ने तयारी गरिरहेका छन्।




प्रतिक्रिया