नेपाल चीन सम्बन्ध थप फलदायी हुनेः उपप्रधानमन्त्री पोखरेल

0
Shares

काठमाडौँ, ७ कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन।

बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुगेका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पु¥याएको योगदानको स्मरण गरेको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बताए ।

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणामा आठौँ बेइजिङ सियाङग्स्ट्यान मञ्च बैठकमा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि त्यहाँ रहेका उपप्रधानमन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सेना खटाई अन्तर्राष्ट्रि«य शान्ति सुरक्षा स्थापनामा पु¥याएको योगदानबारे नेपालको धारणा र मन्तव्य राख्ने कार्यक्रम छ ।

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ । सम्मेलनका क्रममा उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुलुकका रक्षामन्त्री तथा उच्चपदस्थ सैनिक पदाधिकारीसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नाका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्नेसमेत कार्यक्रम छ । रासस