एसपी विष्टलाई गर्ने भनिएको कारबाही प्रक्रिया लम्बियो

0
Shares

काठमाडौँ, ७ कात्तिक । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गम्भीर लापरबाही गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन्।

यो सँगै विष्टलाई कारबाही गर्ने भनिएको प्रक्रिया पनि लम्बिएको छ । दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ पेश गरेका हुन्। पत्र बुझेको २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिनुपर्ने कानुनी ब्यवस्था बमोजिम नै जवाफ पेश गरिएको छ।

पन्तको बलात्कारपछि हत्या प्रकरणमा गम्भीर लापरबाही गरेको आरोपमा बिष्ट र भट्टलाई बर्खास्त गर्ने सरकारी तयारी छ । उनीहरुले दिएको लिखित जवाफका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ ।

यसअघि प्रहरी प्रधान कार्यालयले एसपी बिष्ट र र प्रहरी निरिक्षक जगदिश भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ ।