काठमाडौं, ७ कात्तिक । जुम्लाको नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका वडा नं १ वड्कीमा जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्बरको बुलबुले यातायातको जीप सिजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालले जानकारी दिए।
उनका अनुसार दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको थियो। गम्भीर घाइते चार जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
उनका अनुसार मृत्यु हुनेमा तिला गाउँपालिका घर भएका ३२ वर्षीया जानकी सार्की, २६ वर्षीय उनका श्रीमान लाले सार्की र ८ महिने छोरी महिमा सार्की रहेका छन्।




प्रतिक्रिया