काठमाडौं, ८ कात्तिक । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा उनी आज काठमाडौं आइपुगेका हुन् ।महासचिव यचुरीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरु कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले स्वागत गरे ।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । उनले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने नेकपाले जनाएको छ ।




प्रतिक्रिया