काठमाडौँ, ८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन ।
राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि तान्जानिया, माल्टा र क्रोएशियाका गैरआवासीय राजदूतहरू क्रमशः बाराका हारन लुभान्दा, स्टेफेन बोर्ग र पेटर जुबिसिकले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । रासस




प्रतिक्रिया