हाडीगाउको जात्रा आजबाट शूरु–फोटोफिचर

0
Shares

काठमाडौँ,८ काक्तिक । परम्परा देखि चली आयको हाडीगाउको जात्रा आजबाट सूरुभएको छ । खटको गजुर उल्ट्याइ देबतालाइ माथी राख्ने ,मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाइ नै जनजिब्रोमा हाडीगाउको जात्रा भनिएको हो ।हरेक बर्ष कोजाग्रत पुर्णिमाको भोलिपल्ट बाट तिन दिनसम्म यो जात्रा मनाउने गरिन्छ ।

यस बर्ष पनि जात्रालाइ निरन्तरता दिने क्रममा उल्लासमय बाताबरणमा जात्रा सूरुभएको छ । एउटा कथन अनुसार, एक पटक सत्ययुगमा एक महिलालाई बाह्र वर्षसम्म गर्भ रह्यो रे। भो अब १ नौ महिनामा सुत्केरी हुनुपर्ने १२ वर्षसम्म भएनन्। अनि त नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएछ। त्यही कथाअनुसार नारायणलाई खुसी पार्न अहिले पनि सो जात्रा चलाइएको मान्दा रैछन्।यहाँ जात्रामा देखिएका दुष्यहरुलाई फोटो पत्रकार मुकुन्द कालीकोटेले आफ्नो क्यामेरामा कैद गरेका छन । फोटोः मुकुन्द कालीकोटे