एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त


काठमाडौं, ८ कात्तिक। निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।

गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।