बर्खास्त गरिएका विष्ट अब अदालत जाने, प्रहरी संगठनप्रति यस्तो गुनासो


काठमाडौं, ८ कात्तिक । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन् प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले सम्भवतः आउने आईतबार अदालत जाने घोषणा गरेका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,”मैले यत्रो काम गरें । मलाई न्याय दिनुपर्नेमा मेरो संगठनले त्यस्तो गरेन । अब म अदालत जान्छु । मसँग अरु कुनै विकल्प नै छैन ।”