नेकपा अध्यक्ष प्रचण्ड दिल्ली जाँदै


कात्तिक ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आज भारत जाँदैछन् ।

इण्डियन फाउण्डेसनको निमन्त्रणामा दाहाल भारत जान लागेका हुन् । फाउण्डेसनको कार्यक्रमलाई आजै दाहालले सम्बोधन गर्नेछन् ।

फाउण्डेसनले नयाँ दिल्लीमा पाँचौँ इण्डिया आइडियाज कन्क्ल्ेभको आयोजना गरेको हो । कार्यक्रममा भारत, नेपाल लगायत अन्य देशका राजनीतिज्ञ, सामाजिक व्यक्तित्व, पत्रकार लगायतेका सहभागिता रहेन फाउण्डेसनले जनाएको छ ।

सम्बोधनका साथै दाहालले केही राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गरेर आजै साँझ उनी काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।