सरकार अलमलमा छ : सिपी मैनाली


कात्तिक ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सिपी मैनालीले जनतको हितमा काम गर्न नचाहेको आरोप लगाएका छन् ।

दुई पार्टी एक भएपछि सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमलिएको भन्दै मैनालीले केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको जिकिर गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मैनालीले सरकारले जनताको मन जित्न नसकेको बताए ।

सरकारले केही कामको राम्रो सुरुवात गरे पनि त्यसलाई बिच बाटोमै छाडेर हिँडेको मैनालीको तर्क छ ।

सरकारले समृद्धिको बाटोमा देश लैजान्छु भने पनि अझै अलमलमै देखिएको मैनालीले बताए । “सत्तारुढ दल आफ्नै सिद्धान्तप्रति बेइमानी छ । जनता र राष्ट्रका लागि केही पनि गर्न सकेन ।” मैनालीले भने ।

कुनैबेला केपी ओलीले राष्ट्रवादको उदाहरण देखाए पनि अहिले त्यसबेलाको राष्ट्रवाद हराएर गएको मैनालीको टिप्पणी छ ।