पोखरा प्रिमियर लिग आजदेखि सूरु

0
Shares

पोखरा । पोखरा रंगशालामा सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उदघाटन सत्र सकिएपछि लिगको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ । जसमा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यो सर्वाधिक पुरस्कार राशी हो ।

यस्तै, प्रतियोगितामा म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।  रासस