काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल सम्बत, नयाँ वर्ष, छठ लगायतका चाडपर्वको अवसरमा भोलि(शनिवार) शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
काठमाडौंको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापानमा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका नामबाट निमन्त्रणा पत्र पठाईसकेको छ ।
उक्त कार्यक्रममा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता कार्यकता तथा सर्वसाधारणको लागि आन्त्रण गरिएको र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुलगायतलाई निमन्त्रणा गरिएको नेकपाले जनाएको छ ।
तर, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव देश बाहिर छन् । अर्का मन्त्री एवम् नेकपाका प्रभावशाली नेता मातृका प्रसाद यादवपनि बाहिर छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा छन् । उनी पनि भोलिको चियापानमा सहभागी हुनेछैनन् ।
त्यस्तै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि देश बाहिर भएकोले भोलिको चियापानमा उपस्थित् हुनेछैनन् । सरकारलाई समर्थन गरेको राजपाका शीर्ष नेताहरु पनि यतिवेला तराईमा छन् । अध्यक्ष मण्डलका अधिकांश सदस्यहरु मधेशमा रहेकोले भोलिको नेकपाको चियापानमा सहभागी हुने हुन कि होईनन् भन्नेमा अहिलेसम्म अन्यौलता छ ।




प्रतिक्रिया